परराष्ट्रमन्त्री शिशिर खनाल/फाइल तस्बिर
काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्।
भारतका विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनी शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका हुन्।
नयाँदिल्लीमा रहँदा उनले आफ्ना भारतीय समकक्षी जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा तथा आपसी हित र चासोका विविध विषयमा विचारविमर्श हुनेछ।
परराष्ट्रमन्त्रीको यो भ्रमणबाट नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। परराष्ट्रमन्त्री खनाल जेठ २४ स्वदेश फर्कने कार्यक्रम छ।
प्रकाशित: २२ जेठ २०८३ १४:५७ | Friday, June 5, 2026
प्रतिक्रिया




