एमपावर फाइनान्सिङले ल्यायो विदेश अध्ययनका लागि बिनाधितो ऋण योजना

हिमाल प्रेस २४ कार्तिक २०८२ १३:४८ | Monday, November 10, 2025
20
SHARES
एमपावर फाइनान्सिङले ल्यायो विदेश अध्ययनका लागि बिनाधितो ऋण योजना

काठमाडौँ- अब नेपाली विद्यार्थीले विदेशमा स्नातक, स्नातकोत्तर अध्ययन गर्न धितो वा जमानीको झन्झट बेहोर्नु पर्ने छैन। अमेरिकी संस्था एमपावर फाइनान्सिङले नेपालका विद्यार्थीका लागि बिनाधितो अधिकतम १ लाख अमेरिकी डलरसम्म (झन्डै १ करोड ३० लाख रुपैयाँ) को शिक्षा ऋण योजना सुरु गरेको छ।

संस्थाले विद्यार्थीको विश्वविद्यालय प्रवेश, अध्ययन क्षेत्र र आम्दानी क्षमतालाई आधार बनाएर ऋण दिने बताएको छ। आवेदन प्रक्रिया पूर्ण रूपमा डिजिटल रहेको यो योजनामा ट्युसन शुल्कसहित बसोबास र अन्य अध्ययनसम्बन्धी खर्च पनि समेटिनेछ।

हाल ३२ हजारभन्दा बढी नेपाली विद्यार्थी अमेरिकामा अध्ययनरत छन्। धेरै विद्यार्थीले धितो वा जमानीको अभावमा ऋण पाउन नसकेको अवस्थामा यो योजना उपयोगी हुने बताइएको छ।

एमपावर फाइनान्सिङले बंगलादेश, पाकिस्तान र अफ्रिकाका २० हजारभन्दा बढी विद्यार्थीलाई यस्तै सुविधा प्रदान गरिसकेको छ। अब यो सेवा नेपाली विद्यार्थीका लागि पनि खुला गरिएको संस्थाले जनाएको छ।

संस्थाले ऋणसँगै छात्रवृत्ति, भिसा सहयोग र करिअर तयारी कार्यक्रम समेत सञ्चालन गर्नेछ। विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित, व्यवसाय र व्यावसायिक अध्ययन गर्ने विद्यार्थीका लागि यो योजना विशेष रूपमा फाइदाजनक हुने संस्थाको भनाइ छ।

प्रकाशित: २४ कार्तिक २०८२ १३:४८ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast