बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस २३ कार्तिक २०८२ ११:०१
16
SHARES
बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा आज सुन २ सय रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३८ हजार ६०० कायम भएको छ। शुकबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ४०० पुगेको थियो।

यसदिन चाँदीको मूल्य सामान्य घटेको छ। महासंघका अनुसार आज ५ रुपैयाँले घटेर एक तोला चाँदी ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

शुक्रबार एक तोला चाँदीको मूल्य ३ हजार २० रुपैयाँ पुगेको थियो।

प्रकाशित: २३ कार्तिक २०८२ ११:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast