हरिसिद्धिमा विप्लव, घनश्याम र जनार्दनबीच भेट

हिमाल प्रेस २१ कार्तिक २०८२ १०:३१
16
SHARES
हरिसिद्धिमा विप्लव, घनश्याम र जनार्दनबीच भेट

काठमाडौँ- नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ।

विप्लव निवास हरिसिद्धिमा शुक्रबार बिहान भएको भेटमा पछिल्लो राजनीतिक परिस्थिति र भविष्यमा हुने सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको स्रोतले जनाएको छ।

कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशातर्फ लैजाने र आगामी निर्वाचनमा वैकल्पिक कम्युनिस्ट धार निर्माण गर्ने विषयमा केन्द्रित उक्त भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ।

प्रकाशित: २१ कार्तिक २०८२ १०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast