धनगढी- सुदूरपश्चिम प्रदेशसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। आज (सोमबार) सभामुखको चुनाव गर्ने कार्यतालिका थियो।
तर, राष्ट्रिय शोक परेको भन्दै प्रदेशसभा बैठक भोलि (मंगलबार)का लागि सारिएको हो।
बिहान बसेको सर्वदलीय बैठकमा दलहरूले बैठक स्थगित गर्ने सहमति गरेका थिए। अब सभामुखको चुनाव मंगलबार बिहान १० बजे हुनेछ।

प्रकाशित: २ माघ २०७९ ११:३२ | Monday, January 16, 2023
प्रतिक्रिया




