सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

हिमाल प्रेस २५ असोज २०८३ २१:०७ | Sunday, October 11, 2026
सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३र८४ का लागि प्रस्तुत गरेको बजेट प्रदेशसभामा टेबल गरिएको छ।

आइतबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले सभासमक्ष बजेट टेबल गरेका हुन्।

उनले सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० को नियम १३५ को उपनियम ३ बमोजिम राजश्व र व्ययको वार्षिक अनुमान र सोसँग सम्बन्धित विधेयकहरूको एकरएक प्रति सभासमक्ष टेबल गरे।

आर्थिक मामिलामन्त्री मल्लले पहिलो बैठकमा ३७ अर्ब ७० करोड ३९ लाख बराबरको बजेट प्रस्तुत गरेका थिए।

यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि नयाँ सरकार गठन भएको थियो।

असार २९ गते नेकपा एमालेको समर्थनमा नेपाली कम्युनिष्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। प्रदेशसभाको अर्को बैठक अब सोमबार बिहान ८ः०० बजे बस्ने सभामुख भण्डारीले सभालाई जानकारी गराए।

प्रकाशित: २५ असोज २०८३ २१:०७ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast