सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दै

हिमाल प्रेस २३ असार २०८३ १०:१७ | Tuesday, July 7, 2026
16
SHARES
सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दै

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा बजेट तथा बजेटसँग सम्बन्धित विनियोजन विधेयकलगायत प्रस्ताव टेबल गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।

महालेखापरीक्षक कार्यालय, लोकसेवा आयोग, थारु आयोग र मधेसी आयोगको वार्षिक प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची रहेको उनले जानकारी दिए। यही असार १ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भएपछि आज पहिलोपटक बैठक बस्न लागेको हो । यहाँ सरकारले प्रस्तुत गरेको बजेटका सम्बन्धमा सत्तासाझेदार दलहरुबीच नै मतभेद भएपछि बाँकी प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

 

प्रकाशित: २३ असार २०८३ १०:१७ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast