शिक्षक सरुवाको अवसर, आवेदन दिन १५ दिनको समय

हिमाल प्रेस १८ कार्तिक २०८२ १३:५०
178
SHARES
शिक्षक सरुवाको अवसर, आवेदन दिन १५ दिनको समय

सुनसरी- कोशी गाउँपालिका-२ पश्चिम कुशाहास्थित कोशी माध्यमिक विद्यालयमा माध्यमिक तहको नेपाली विषयका शिक्षक पद रिक्त रहेको जनाउँदै सरुवा प्रक्रिया अगाडि बढाउन सूचना प्रकाशित गरेको छ। शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ को दफा ९ बमोजिम सूचना जारी गरिएको हो।

सूचनाअनुसार सम्बन्धित तह र विषयमा योग्यता पुगेका स्थायी शिक्षकले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र शिक्षा नियमावलीको अनुसूची १७ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछन्। निवेदनमा विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइको सहमति अनिवार्य रहनेछ।

गाउँपालिकाले तोकिएको म्यादभित्र विद्यालयको इमेल [email protected] मार्फत समेत निवेदन पेस गर्न सकिने जनाएको छ। तर म्याद नाघी वा तोकिए अनुसारको प्रक्रिया पूरा नगरी पठाइएका निवेदनमा कुनै कारबाही बताइएको छ।

प्रकाशित: १८ कार्तिक २०८२ १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast