पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको शव फेला

हिमाल प्रेस १८ कार्तिक २०८२ १२:५२
12
SHARES
पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको शव फेला

गोरखा- गोरखास्थित पाङबारी हिमालमा पाँच दिनदेखि बेपत्ता रहेका दुई इटालियन आरोहीको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार, पाङबारी हिमालको पहिलो शिविरमा ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोका शव फेला परेका हुन्। उनीहरू दुबैको शव हिउँले पुरिएको अवस्थामा भेटिएको श्रेष्ठले जानकारी दिए।

फेला परेका शवलाई हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ। गत बुधबारदेखि पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी अलपत्र परेका थिए। फरिनातो र गापुटो हिमाल आरोहणमा असफल भएपछि फर्कने क्रममा भीषण हिमपातका कारण बेपत्ता भएका थिए।
अर्का इटालियन आरोही ६५ वर्षीय भेल्टर परलिनो लाई भने गत आइतबार हेलिकोप्टरबाट सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

उनीसँगै रहेका नेपाली सहयोगीहरू-पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङलाई पनि सोही दिन उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०८२ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast