भूकम्प सुरक्षा दिवसमा औपचारिक कार्यक्रम नहुने

हिमाल प्रेस २ माघ २०७९ ८:१५ | Monday, January 16, 2023
भूकम्प सुरक्षा दिवसमा औपचारिक कार्यक्रम नहुने

काठमाडौँ- राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा औपचारिक कार्यक्रम नहुने भएको छ। पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार सार्वजनिक बिदा दिइएकाले राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह स्थगित गरिएको छ।

वि।सं १९९० माघ २ गते विनाशकारी भूकम्प गएको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी थियो।

सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्रीलगायत सहभागी हुने कार्यक्रम स्थागित गरिएको प्रचारप्रसार उपसमितिको सदस्यसचिव रहेका भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिए।

‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउने तयारी भएको थियो। २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो।

भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो। सोमबार स्थगित गरिएको कार्यक्रम एक साभित्र गरिने जनाइएको छ।

भूकम्पबाट सुरक्षित हुन जागरण फैलाउने उद्देश्यले मंगलबारदेखि प्रदर्शनी आयोजना गरिने जनाइएको छ। दिवसका अवसरमा विभिन्न संस्थाले पुस १५ गतेदेखि नै जनचेतना जगाउने किसिमका कार्यक्रमको आयोजना गरिरहेका छन्।

प्रकाशित: २ माघ २०७९ ८:१५ | Monday, January 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast