रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा

हिमाल प्रेस १५ कार्तिक २०८२ ६:५९
12
SHARES
रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा

काठमाडौँ- जेनजी अभियन्ता रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरिएको छ। शुक्रबार बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरिएको हो।

भदौ २३ र २४ मा सम्पन्न जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र सो विद्रोहसँग जोडिएका सबै पक्षलाई एकताको आह्वान गर्ने उद्देश्यका साथ सो संगठन गठन गरिएको प्रेस वक्तव्यमार्फत जानकारी दिइएको छ।

प्रेस वक्तव्यमा भनिएको छ, ‘यही मिति २०८२ साल भाद्र २३ र २४ मा सम्पन्न जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र यस विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, संघ र संगठन तथा यस विद्रोहप्रति शुभेच्छा र सदभाव राख्नुहुने सम्पूर्ण नेपाली नागरिकमा एकताको आह्वान गर्ने उद्देश्यका साथ ‘नेपाल जेन‍जी फ्रन्ट’ गठन गरिएको छ ।’

उक्त समिति हाल प्रारम्भिक रूपमा गठन गरिएको र यसमा जोडिन चाहने सम्पूर्णका लागि खुला रहेको समेत प्रेस वक्तव्यमा जनाइएको छ। साथै, नेपाल जेनजी फ्रन्टका तर्फबाट जेनजी विद्रोहको दस्तावेज समेत सार्वजनिक गरिएको प्रेस वक्तव्यमा जनाइएको छ।

प्रकाशित: १५ कार्तिक २०८२ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast