यूएईसँग नेपाल ५ विकेटले पराजित

हिमाल प्रेस १३ कार्तिक २०८२ १८:३२ | Thursday, October 30, 2025
12
SHARES
यूएईसँग नेपाल ५ विकेटले पराजित

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको आइतबार भएको खेलमा यूएईसँग नेपाल पराजित भएको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको थियो।

यूएईले ४३.३ ओभर खेल्दै ५ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो। यूएईका लागि अयांश शर्माले ९८, अलिशान शराफुले ४५, मोहम्मद वसिमले २६ रन बनाएका थिए। नेपाली खेलाडी सन्दीप लामिछानेले २, करण केसी र दीपेन्द्र सिंह ऐरीले समान एक एक विकेट लिएका थिए।

नेपालका लागि कप्तान रोहित पौडेलले १०९ रन बनाए। रोहितले १२६ बलमा पाँच चौका र दुई छक्काको मद्दतले शतक पूरा गरेका हुन्। एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको यो दोस्रो शतक हो। यसअघि उनले पपुवान्युगिनीविरुद्ध शतक प्रहार गरेका थिए।

त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ र करण केसीले १३ रन बनाए। अन्यले दोहोरो अंक बनाउन सकेनन्। यूएईका लागि जाहिद अलीले ४, जुनैद सिद्दिकीले ३, मोहम्मद रोहिद र हैदर ओलीले समान एक–एक विकेट लिएका थिए।

यसअघि नेपालले अमेरिकासँग पनि हार बेहोरेको थियो।

प्रकाशित: १३ कार्तिक २०८२ १८:३२ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast