काठमाडौँ र ललितपुरमा दुई व्यक्ति मृत भेटिए

हिमाल प्रेस १२ कार्तिक २०८२ २१:४० | Wednesday, October 29, 2025
2
SHARE
काठमाडौँ र ललितपुरमा दुई व्यक्ति मृत भेटिए

काठमाडौँ- काठमाडौँ र ललितपुरमा आज दुईजना मृत भेटिएका छन्। काठमाडौँको दक्षिणकाली नगरपालिका–१ नौमूलेमा बुधबार एक व्यक्ति मृत भेटिएका हुन्।

यहाँको नौमूले कृषि फर्म तथा रेष्टुरेन्टमा कीर्तिपुर नगरपालिका–५ भण्डारीगाउँ बस्ने ४६ वर्षीय विपिन बस्नेत मृत भेटिएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार मृत्युको कारणबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ।

यता ललितपुर महानगरपालिका-२२, फर्सीडोल खोइचास्थित बाँसघारीमा एक पुरुष पनि आजै मृत भेटिएका प्रहरीले जनाएको छ। अन्दाजी ४०, ४२ वर्षीय पुरूष आज मृत भेटिएका र उक्त घटनाका सम्बन्धमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। रासस

प्रकाशित: १२ कार्तिक २०८२ २१:४० | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast