काठमाडौँ- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुई जना मृत फेला परेका छन्।
बूढानीलकण्ठ-४, पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चण्डिगढ घर भएका ५४ वर्षीय परमनारायण गिल र धादिङको गल्छी गाउँपालिका-६ घर भई हाल सोही घरमा काम गरी बस्ने २८ वर्षीया अन्जना तामाङ मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
अन्जनाको टाउकामा चोट रहेको उनले बताए। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रकाशित: १ असार २०८२ २०:२३ | Sunday, June 15, 2025
प्रतिक्रिया



