प्रतिनिधिसभा विघटनको मुद्दा हेर्न संवैधानिक इजलास गठन

हिमाल प्रेस १२ कार्तिक २०८२ १२:२४ | Wednesday, October 29, 2025
2
SHARE
प्रतिनिधिसभा विघटनको मुद्दा हेर्न संवैधानिक इजलास गठन

काठमाडौँ- प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा हेर्न संवैधानिक इजलास गठन भएको छ।​ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठन भएको इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेका छन्।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत २७ भदौमा प्रतिनिधिसभा विघटन गरेका थिए। त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। ती रिटहरूमाथि बुधबारबाट संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो।

प्रकाशित: १२ कार्तिक २०८२ १२:२४ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast