नेप्से परिसूचक ६२ अंकले बढ्यो

हिमाल प्रेस ११ कार्तिक २०८२ १६:१२ | Tuesday, October 28, 2025
नेप्से परिसूचक ६२ अंकले बढ्यो सेयर बजार

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अंकले बढेर दुई हजार ५७१ दशमलव ३४ को बिन्दुमा कायम भएको छ। यो दुई दशमलव ४८ प्रतिशतको वृद्धि हो।

आज (मंगलबार) ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर ४७ हजार ९४ पटक खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ बराबरको कारोबार भएको छ।

व्यापार समूह बाहेक आज अन्य सबै समूहको उपसूचक बढेको छ। आजको कारोबारमा न्यादी हाईड्रोपावर लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्य ६ दशमलव ३६ प्रतिशतले घटेको छ।

प्रकाशित: ११ कार्तिक २०८२ १६:१२ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast