भारतीय ट्रकको ठक्करबाट बालिकाको मृत्यु

हिमाल प्रेस ११ कार्तिक २०८२ ७:०४
8
SHARES
भारतीय ट्रकको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौँ- पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

भैरहवादेखि परासीतर्फ आउँदैगरेको युपी ५५ एटी ५६६६ नम्बरको भारतीय ट्रकले रामग्राम नगरपालिका वडा ३ घोडपालिमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट परासीमा मामाघर आएकी चार वर्षिया अनुष्का चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विरदत्त पन्तले जानकारी दिए।

दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गरेका थिए। ट्रक र चालक भारतको उत्तर प्रदेश जिल्ला महाराजगञ्ज ग्राम बस्ने अमरजित बर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रुपन्देही शुद्धोधन गाउँपालिका ३ रमवापुर घर भएकी उषा चौधरी छठमा छोरी अनुष्कालाई लिएर माइत आएकी थिइन्।

प्रकाशित: ११ कार्तिक २०८२ ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast