संविधान र जनताले नचिनेका व्यक्ति प्रधानमन्त्री र मन्त्री बने : सूर्य थापा

हिमाल प्रेस ११ कार्तिक २०८२ ७:०१ | Tuesday, October 28, 2025
संविधान र जनताले नचिनेका व्यक्ति प्रधानमन्त्री र मन्त्री बने : सूर्य थापा

काठमाडौँ- नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले मुलुकमा अहिलेको अवस्था अस्थिर र अराजक भएको भन्दै संविधानले नचिन्ने बताएका छन ।

एमाले अर्घाखाँचीले सोमबार आयोजना गरेको सद्‌भाव र्‍यालीलाई सम्बोधन गर्दै थापाले जनताको बलमा प्रतिनिधिसभा पुन:स्थापना हुने विश्वास व्यक्त गरे। संविधानले नचिनेका,जनताले नचिनेका व्यक्ति प्रधानमन्त्री र मन्त्री बनेको थापाको टिप्पणी छ ।

‘यो रुल अफ ल होइन, यो हुल अफ ल हो । हुल अफ ल मुर्दावाद १ हामी कानूनी शासनको पक्षमा छौं’, उनले भने, ‘हामीले दुईवटा निर्णय गरेका छौं । पहिलो, प्रतिक्रान्तिलाई परास्त गर्न जनआन्दोलन र जनशक्तिको बलमा प्रतिनिधिसभा पुनस्स्थापना गर्ने। दोस्रो, जनताको शक्तिको बलमा संविधानलाई पुनस् लयमा फर्काएर यो देशलाई जनताद्वारा बनाइएको संविधानबाट शासित बनाउने ।’

कार्यक्रममा एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिलाई अविलम्ब कानूनी कठघरामा उभ्याउनुपर्ने बताएका छन् ।

उनले भने,‘धैर्यताको बाँध अझै टुटेको छैन । कानूनी शासनमा विश्वास राख्ने हाम्रो मान्यता हो । तर, तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भने धैर्यताको बाँध टुट्नेछ । धैर्यताको बाँध टुटे जनताले नै कारबाही थाल्नेछन्’, मुख्यमन्त्री आचार्यले भने ।

प्रकाशित: ११ कार्तिक २०८२ ७:०१ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast