‘मनसँग मन’को टिजरमा अटाए पुष्पदेखि पलसम्म

हिमाल प्रेस १ माघ २०७९ १४:०९ | Sunday, January 15, 2023

काठमाडौँ- फिल्म ‘मनसँग मन’को टिजर सार्वजनिक भएको छ। कैलाश राईको निर्देशन रहेको फिल्ममा पुष्प खड्का, वर्षा शिवाकोटी, बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकारको अभिनय छ।

अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाह फिल्ममा अतिथि भूमिकामा रहनेछन्। ४२ सेकेन्ड लामो टिजरमा पुष्प, वर्षा, बुद्धि, रविन्द्र, पूजा र पल अटाएका छन्।

फिल्म आगामी माघ २७ मा प्रर्दशनमा आउनेछ। फिल्मको मिति एक साता धकेलिएको थियो। यसअघि माघ २० मा रिलिज हुने भनिएको फिल्म एक साता पर सरे। माघ २७ मा पुगेको छ।

प्रकाशित: १ माघ २०७९ १४:०९ | Sunday, January 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast