साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से

हिमाल प्रेस ९ कार्तिक २०८२ १६:०८ | Sunday, October 26, 2025
साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से

काठमाडौँ- यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक पाँच दशमलव १९ अंकले बढेर दुई हजार ५०९ दशमलव ०४ को बिन्दुमा कायम भएको हो।

विभिन्न ३१३ कम्पनीका ५५ लाख ९६ हजार ७७ कित्ता सेयर २७ हजार ८९९ पटक खरिदबिक्री हुँदा कारोबार रकम दुई अर्ब ६६ करोड १३ लाख दुई हजार २८४ मा खुम्चिएको नेप्सेले जनाएको छ। आजको कारोबारमा जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

एसबीएल डिबेन्चर २०८९ को सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने तारागाउँ रिजेन्सी होटल लिमिटेडको सेयर मूल्य सात दशमलव १६ प्रतिशतले घटेको छ।

प्रकाशित: ९ कार्तिक २०८२ १६:०८ | Sunday, October 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast