करेन्ट लागेर झापामा एक महिलाको मृत्यु

हिमाल प्रेस ७ कार्तिक २०८२ १७:४५ | Friday, October 24, 2025
करेन्ट लागेर झापामा एक महिलाको मृत्यु सांकेतिक तस्बिर

भद्रपुर (झापा)- बिर्तामोड नगरपालिका-१०, फेसबुक चोकमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो आफ्नो घरमा बिजुलीको तार मर्मत गर्न खोज्दा स्थानीय ५५ वर्षीया तालामाई मर्डीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले घरमा बिजुली बाल्ने क्रममा समस्या देखिएपछि तार हेर्न खोज्दा करेन्ट लागेको आशंका गरिएको बताए।

इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक सन्तोष राईको नेतृत्वमा खटिएको टोलीले थप अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेको जनाइएको छ।

प्रकाशित: ७ कार्तिक २०८२ १७:४५ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast