दक्षिण कोरियामा ट्रम्प-सी जिनपिङबीच उच्चस्तरीय वार्ता हुने

हिमाल प्रेस ७ कार्तिक २०८२ ८:३९
12
SHARES
दक्षिण कोरियामा ट्रम्प-सी जिनपिङबीच उच्चस्तरीय वार्ता हुने

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ। ह्वाइट हाउसले ३० अक्टोबरमा दुवै नेताबीच भेट हुने पुष्टि गरेको छ।

दक्षिण कोरियामा ३१ अक्टोबरदेखि १ नोभेम्बरसम्म एशिया-प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) सम्मेलन आयोजना हुँदैछ जसमा राष्ट्रपति ट्रम्प सहभागी हुनेछन्। सम्मेलन सुरु हुनु एक दिनअघि ट्रम्प सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

अमेरिका र चीनबीच बढ्दो तनावका कारण यस भेटवार्ताको भविष्य पहिले अनिश्चित देखिएको थियो। तर ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि यो दुवै नेताबीचको पहिलो प्रत्यक्ष भेटवार्ता हुनेछ।

वार्तामा व्यापार, ऊर्जा सहयोग र युक्रेन युद्ध लगायतका महत्वपूर्ण विषयहरूमा छलफल हुने ह्वाइट हाउसका अधिकारीहरूले जानकारी दिएका छन्। बीबीसी

प्रकाशित: ७ कार्तिक २०८२ ८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast