शिक्षक सरुवा निर्देशिका २०८१ बमोजिम दरखास्त आह्वान

हिमाल प्रेस ५ कार्तिक २०८२ १०:१३ | Wednesday, October 22, 2025
शिक्षक सरुवा निर्देशिका २०८१ बमोजिम दरखास्त आह्वान

डोल्पा- जगदुल्ला गाउँपालिका-२ स्थित त्रिपुरा साधारण तथा प्राविधिक माध्यमिक विद्यालय, काईगाउँमा रिक्त रहेको निम्न माध्यमिक तह, तृतीय श्रेणी, नेपाली विषयको स्थायी शिक्षक पदमा सरुवाको प्रक्रिया अगाडि बढाइएको छ।

विद्यालयको गत असोज २३ गतेको अनुरोधका आधारमा शिक्षक सेवा सरुवासम्बन्धी प्रक्रिया थालिएको हो। यस सन्दर्भमा, सम्बन्धित तह, विषय र श्रेणीको योग्यता पुगेका स्थायी शिक्षकहरुले शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को अनुसूची १७ अनुसारको ढाँचामा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

शिक्षक सरुवा निर्देशिका, २०८१ को दफा ९ अनुसार, इच्छुक उम्मेदवारले विद्यालय, स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइको सहमति सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।

प्रकाशित: ५ कार्तिक २०८२ १०:१३ | Wednesday, October 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast