‘जेरी अन टप’लाई दर्शकको साथ, तीन दिनमा दुई करोड २२ लाख ८१ हजारको व्यापार

हिमाल प्रेस ४ कार्तिक २०८२ १५:२५ | Tuesday, October 21, 2025
‘जेरी अन टप’लाई दर्शकको साथ, तीन दिनमा दुई करोड २२ लाख ८१ हजारको व्यापार

काठमाडौँ- तिहार लक्षित असोज ३१ गतेदेखि प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ले दर्शकको साथ पाएको छ। चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’का अनुसार फिल्मले प्रदर्शनको तीन दिनमा दुई करोड २२ लाख ८१ हजारको व्यापार गरेको छ।

फिल्मले प्रदर्शनको पहिलो दिन असोज ३१ गते ७२ लाख ५९ हजार, दोस्रो दिन ८६ लाख ३८ हजार र तेस्रो दिन ६३ लाख ८४ हजारको व्यापार गरेको थियो।

फिल्मका मुख्य अभिनेता अनमोल केसी यतिबेला विभिन्न हलमा पुगेर दर्शकसँग साक्षत्कार गरिरहेका छन्। उनलेले झन्डै डेढ वर्ष समय दिएर तयार गरेको फिल्मले दर्शकको अपेक्षा पूरा गर्दा मेहनतको फल पाएको आभाष भएको प्रतिक्रिया दिए। ।

‘मैले एउटा फिल्ममा काम सुरू गरेदेखि प्रदर्शन नहुँदासम्म अन्य काम गर्दिनँ। हामीले जुन सोच र मेहनतका साथ फिल्ममा समय दिएर निर्माण गरेका थियौँ, त्यो आज सफल भएको महसुस गरेको छु। फिल्मले सगरमाथाको कथासँग जोडेर त्रिकोणात्मक प्रेम देखाएको छ। हामी दर्शकप्रति आभारी छौँ’, अभिनेता केसीले भने।

तीन दिनमा ६० हजारभन्दा बढी दर्शकले फिल्म हेरेका छन्। फिल्ममा अभिनेता केसीसँगै भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गरेका छन्।

सरोज न्यौपाने प्रस्तुतकर्ता रहेको फिल्म सुयोग गुरूङले निर्देशन गरेका हुन्। फिल्ममा हेमराज विसीको कथा, विश्वास तिम्सिनाले पटकथा लेखन छ।

प्रकाशित: ४ कार्तिक २०८२ १५:२५ | Tuesday, October 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast