गंगाले छाडिन् प्रचण्डको सचिवालय

हिमाल प्रेस ३ कार्तिक २०८२ १४:२९ | Monday, October 20, 2025
गंगाले छाडिन् प्रचण्डको सचिवालय

काठमाडौँ- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालले सचिवालय छाडेकी छन्। आफूलाई देखाएर निरन्तर बुबा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारणले आफूले राजीनामा दिएर छाडेको गंगाले बताएकी छन्।

‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु,’ उनले भनेकी छन्।पार्टीमा जिम्मेवार कार्यकर्ता भएर सधैँ क्रियाशील रहने पनि उनले बताएकी छन्।

‘पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेताहरू, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु,’उनले भनेकी छन्। आफ्नाबारे विभिन्न सञ्चारमाध्यममा भ्रामक समाचार आएको दाबी गर्दै उनले ध्यानाकर्षण पनि गराएकी छन्।

प्रकाशित: ३ कार्तिक २०८२ १४:२९ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast