मिथिला बिहारी नगरपालिकाले गर्‍यो करार कर्मचारीको नियुक्ति र सेवा सम्झौता रद्द

हिमाल प्रेस २ कार्तिक २०८२ १२:४७ | Sunday, October 19, 2025
62
SHARES
मिथिला बिहारी नगरपालिकाले गर्‍यो करार कर्मचारीको नियुक्ति र सेवा सम्झौता रद्द

काठमाडौँ- सरकारको हालैको निर्णयअनुसार मिथिला बिहारी नगरपालिकाले स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति र सेवा सम्झौता रद्द गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका पत्रका आधारमा मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार ‘नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने’ व्यवस्था लागू गरिएको हो।

सोही निर्णयअनुसार नगरपालिकाले असोज ३० गतेको निर्णयबाट आफ्नो कार्यालयअन्तर्गत अस्थायी रूपमा नियुक्त तथा करारमा कार्यरत स्वास्थ्यकर्मी, शिक्षकलगायत अन्य कर्मचारीहरूको सेवा सम्झौता कात्तिक १ गतेदेखि लागू हुने गरी रद्द गर्ने निर्णय गरेको हो।

 

 

प्रकाशित: २ कार्तिक २०८२ १२:४७ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast