वरिष्ठता मात्र होइन, विद्यालयको मागका आधारमा शिक्षक सरुवाको व्यवस्था गर्नुपर्ने सुझाव

हिमाल प्रेस २ कार्तिक २०८२ १२:२२
282
SHARES
वरिष्ठता मात्र होइन, विद्यालयको मागका आधारमा शिक्षक सरुवाको व्यवस्था गर्नुपर्ने सुझाव

काठमाडौँ- वरिष्ठता मात्र नभई विद्यालयको मागका आधारमा शिक्षक सरुवाको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ। तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठबाट ल्याइएको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका–२०८१’ वर्तमान शिक्षामन्त्री डा.महावीर पुनले संशोधन गर्दैछन्। संशाेधनका लागि नेपाल शिक्षक महासंघले लिखित रूपमा उक्त सुझाव दिएको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार संशोधनका विषयमा तल्लो तहमा स्थायी रहेका शिक्षकबाट विद्यालय सञ्चालन गरिरहेका विद्यालयलाई तल्लो तहका शिक्षक सेवा निवृत्त हुँदा माथिल्लो तहमा तोकिएको विषय पढाउन पाउने शिक्षक ल्याउनुपर्ने हुन्छ। तर वरिष्ठताका आधारमा मात्रै ल्याउँदा विद्यालयको आवश्यकतालाई प्रतिनिधित्व नगर्न सक्छ। त्यसैले विद्यालयको आवश्यकतालाई प्राथमिकता दिनुपर्छ। विद्यालयले हाम्रो आवश्यकता यो हो भनेर प्रस्ट पार्‍यो भने विद्यालयले चाहेका शिक्षकलाई सरुवा गर्न दिनुपर्छ भनेर एउटा सुझाव दिएका छौँ।

शिक्षामन्त्रीलाई संशोधनका लागि दिइएको अर्को बुँदाका सम्बन्धमा अध्यक्ष सुवेदीले भने, ‘पालिकाभित्रको हकमा शिक्षक सरुवा कार्यविधिको सर्त नराखे हुन्छ। पालिकाभित्र अनुकूल पारेर जान आउनसक्ने, जुनसुकै बेला जान आउनसक्ने गर्न सक्ने बनाइदिनू र अर्को कुरा बाहिरबाट सरुवा हुने हकमा पनि प्राथमिकतामा सम्बन्धित जिल्लामा सम्बन्धित स्थानीय तहको शिक्षकले आवेदन दिएको छ भने त्यसलाई प्राथमिकता दिनुपर्छ भन्नेलगायतका सुझाव दिएका छौँ।’

प्रकाशित: २ कार्तिक २०८२ १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast