संसद् पुनर्स्थापनाको एजेन्डा अब गौण बन्यो, एमाले बाहेकका दल चुनावकै पक्षमा छन् : प्रचण्ड

हिमाल प्रेस ३० असोज २०८२ १२:५१ | Thursday, October 16, 2025
संसद् पुनर्स्थापनाको एजेन्डा अब गौण बन्यो, एमाले बाहेकका दल चुनावकै पक्षमा छन् : प्रचण्ड फाइल तस्बिर

चितवन- नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापनाको एजेन्डा अब गौण बनेको बताएका छन्।

बिहीबार बिहान चितवनको भरतपुर–कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालयको प्रांगणमा आयोजित कार्यक्रममा उनले नेकपा एमाले बाहेकका सबै राजनीतिक दल आगामी निर्वाचनमा सहभागी हुन सहमत भइसकेको बताए। उनले भने, ‘एमालेभित्र पनि बहुमत चुनावमै जान चाहन्छ। ढिलोछिटो सबै दल निर्वाचनमा सहभागी हुनेछन्।’

प्रचण्डले हाल सामाजिक सञ्जालमार्फत संगठित हुँदै गएको युवाको आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको संकेतका रूपमा लिँदै त्यसले उठाएका मागहरू माओवादी आन्दोलनका मूल एजेन्डासँग मेल खाने बताए।

उनले भने, ‘युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अविच्छिन्न रूपमा जोडिएका छन्। हाम्रो पार्टीले सुरुदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको आवाज बनेर प्रस्तुत हुनु गर्वको विषय हो।’

प्रकाशित: ३० असोज २०८२ १२:५१ | Thursday, October 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast