
काठमाडौँ- पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस आजदेखि सुरु हुने भएको छ । यसअघि हिजो काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा महरासँग बयान लिइएको थियो ।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा महराविरुद्ध आजबाट थुनछेक बहस सुरु हुने भएको हो ।
महराले भेप प्रकरणमा आफ्नो लगानी र संलग्नता अस्वीकार गरेका छन् । सरकारी वकिलले उनीविरुद्ध सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार बिगो मागदाबी लिएको छ ।
प्रकाशित: २९ असोज २०८२ ७:४८
प्रतिक्रिया