रिहा भए महरा

हिमाल प्रेस १८ जेठ २०८३ १८:२७ | Monday, June 1, 2026
24
SHARES
रिहा भए महरा फाइल तस्बिर

काठमाडौँ- विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो।

आदेशबमोजिम आदेशबमोजिम महरा सोमबारै एक लाख रुपैयाँ नगद बुझाएर तारेख बुझेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झन्डै दुई महिनाअघि सुन तस्करीसँग सम्बन्धित मुद्दामा महरासहित २८ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

चीनबाट विद्युतीय चुरोट (भेप) मा राखेर सुन तस्करीमा महराको समेत संलग्नता रहेको आरोप लागेको थियो। थुनछेक बहसपछि विशेष अदालतले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो।

भेपमा तस्करी गरी ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले बरामद गरेको थियो।

प्रकाशित: १८ जेठ २०८३ १८:२७ | Monday, June 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast