ओमानलाई हराएर विश्वकप पुग्ने लक्ष्यमा नेपाली टोली

हिमाल प्रेस २९ असोज २०८२ ६:५०
44
SHARES
ओमानलाई हराएर विश्वकप पुग्ने लक्ष्यमा नेपाली टोली

काठमाडौँ- आईसीसी टी २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ।

खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुँनेछ। ओमानलाई हराएमा नेपालको आगामी टी २० विश्वकपमा चयन लगभग पक्का हुने मात्र होइन, नेपाल उपाधिकै नजिक पुग्ने छ।

नेपाल समग्रमा तेस्रो र लगातार दोस्रो पल्ट टी २० विश्वकप खेल्ने अभियानमा छ। नेपाल र ओमानबिचको खेल चालु प्रतियोगितामा दुई उत्कृष्ट टिमबीचको भिडन्त पनि हो। आज यी दुईमध्ये एकको अपराजित यात्रा तोडिने छ। अहिले ओमान र नेपाल समान छ अंकमा छन् यद्यपि ओमान रन अन्तरले शीर्ष स्थानमा छ।

इतिहास हेर्ने हो भने हेड टु हेडमा ओमानभन्दा नेपाल धेरै अगाडि छ। यी दुई टिमबिच अहिलेसम्म भएका सात खेलमा नेपालले पाँच र ओमानले दुई खेल जितेको छ। यद्यपि ओमानको लयलाई हेर्ने हो भने विगतका नतिजाले सायदै यी दुवै टिमलाई फरक पार्ने छ।

प्रकाशित: २९ असोज २०८२ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast