‘कबड्डी ५’ मा जाेडिए विपीन कार्की र सिर्जना गुरुङ, मुस्ताङबाट छायांकन सुरू

हिमाल प्रेस २८ असोज २०८२ १३:५३ | Tuesday, October 14, 2025
‘कबड्डी ५’ मा जाेडिए विपीन कार्की र सिर्जना गुरुङ, मुस्ताङबाट छायांकन सुरू

काठमाडौँ- चर्चित फिल्म ‘कबड्डी’ को पाँचाैं शृङ्खलाको छायांकन सुरु भएको छ। ३५ दिनको तालिकासहित मुस्ताङबाट छायांकन सुरु भएको फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेलले जानकारी दिए।

उनका अनुसार मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै लार्जुङ बस्तीबाट पहिलो दृश्य खिचिएको हो।

याे शृङ्खलामा अभिनेता विपीन कार्की र मिस यूके नेपाल-२०१७ की सिर्जना गुरुङ प्रवेश गरेको निर्माण टिमले जनाएको छ। यसबाहेक फिल्ममा पहिलेकै कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ कमलमणि नेपाल, अरुणा कार्कीलगायत रहनेछन्।

फिल्म सञ्जय लामाकाे छायांकनमा बन्नेछ। मुस्ताङसहित काठमाडौँमा पनि केही दृश्य छायांकन गर्ने टिमको तयारी छ। फिल्म रामबाबु गुरुङले निर्देशन गरिरहेका छन्। फिल्ममा उनकै लगानी रहनेछ। फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका छन्।

‘कबड्डी’ का यसअघिका चारवटै शृङ्खला चर्चित बनेको थियो।

प्रकाशित: २८ असोज २०८२ १३:५३ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast