कृष्णबहादुर महरामाथिको थुनछेक बहस आजदेखि

हिमाल प्रेस २८ असोज २०८२ ८:२२
6
SHARES
कृष्णबहादुर महरामाथिको थुनछेक बहस आजदेखि

काठमाडौँ- पूर्वसभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस मंगलबार हुँदैछ। काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसपछि उनी धरौटीमा छुट्ने कि थुनामै रहने भन्ने आदेश आउनेछ।

सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता दर्ता गरेको थियो। महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग दाबी गरिएको छ ।

उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ। २०७९ पुस १० मा फ्लाई दुबईको फ्लाइट एफजेट ०५८७ नम्बरबाट काठमाडौँ आएका चिनिया राहदानीबाहक ली हान सोङले ल्याएका दुई सुटकेसमा भेप देखिपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो

सीआईबीले महरालाई २०८० चैत ५ मा पनि पक्राउ गरेको थियो। त्यसबेला बयान प्रक्रिया पूरा गरेर उनी हाजिर जमानीमा रिहा भएका थिए। सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन र सीआईबीको नेतृत्व परिवर्तन भएसँगै महरा १८ महिनापछि पुन पक्राउ परेका हुन्।

प्रकाशित: २८ असोज २०८२ ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast