भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने

हिमाल प्रेस २८ असोज २०८२ ८:१७
6
SHARES
भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने

भोजपुर- भोजपुरका तीन स्थानीय तहले संयुक्त रूपमा ‘मुन्दुम पदमार्ग अल्ट्रा ट्रेल रेस’ आयोजना गर्ने भएका छन् । मुन्दुम पदमार्गको प्रचारप्रसार र साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित रामप्रसाद राई, हतुवागढी र आमचोक गाउँपालिकाले प्रतियोगिता गर्न लागेका हुन् ।

आगामी मंसिर २० देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे सोमबार आमचोक गाउँपालिकाको आयोजनामा बालङखामा संयुक्त बैठक बसेर सोबारे जानकारी दिइएको हो ।

हतुवागढी-९ कोप्चेबाट सुरु हुने रेस आमचोकको बयाङ-थामडाँडा हुँदै रामप्रसादराई गाउँपालिकाको पामखाङ-भञ्ज्याङ-कपासे-सेल्मे-पाँचधारे-तावाभञ्ज्याङसम्म करिव ६५ किलोमिटरमा सञ्चालन हुने हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार बैठकमा कार्यक्रमलाई प्रभावकारी, सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा तीनै गाउँपालिकाबीच कार्ययोजना तयार गरिएको छ ।

पर्यटन र खेलकुदलाई एकीकृत गर्दै सामुदायिक तथा साहसिक पर्यटन विकास गर्ने लक्ष्यसहित मुन्दुम अल्ट्रा ट्रेल रेस आयोजना गरिएको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए ।

करिब ६५ किलोमिटर दूरीमा सञ्चालन हुने उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका धावकको सहभागिता रहने आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए । प्रतियोगिताले यहाँको मौलिक संस्कृति, स्थानीय परिकार र पहिचानलाई देश विदेशमा चिनाउने अवसर मिल्ने उनको भनाइ छ ।

प्रतियोगिता सञ्चालनका लागि तीनै गाउँपालिकाले रु पाँचरपाँच लाखका दरले जम्मा रु १५ लाख बजेट विनियोजन गरेका छन् । हाल ग्रेटर मुन्दुम पदमार्गअन्तर्गत तीनै गाउँपालिकामा पदमार्ग निर्माण काम भइरहेको छ । पदमार्ग निर्माणले भविष्यमा भोजपुरलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने स्थानीय तहले विश्वास लिएका छन् ।

प्रकाशित: २८ असोज २०८२ ८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast