माघे संक्रान्तिमा बन्दीपुरमा पनि गोरु जुधाइने

हिमाल प्रेस ३० पुष २०७९ ८:५६ | Saturday, January 14, 2023
माघे संक्रान्तिमा बन्दीपुरमा पनि गोरु जुधाइने

तनहुँ- माघे संक्रान्ति पर्वको अवसरमा तनहुँको बन्दीपुरमा गोरु जुधाइने भएको छ। बन्दीपुर गाउँपालिका–२ कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता गर्न लागिएको हो।

नारायण–गोपाल युवा क्लबको आयोजनामा सो प्र्रतियोगिता हुन लागेको अध्यक्ष उज्वल गुरुङले जानकारी दिए। क्लबले प्रत्येक वर्ष माघे संक्रान्तिमा गोरु जुधाई प्रतियोगिता गर्दै आएको छ।

प्रतियोगिताका लागि स्थानीयवासीले नै पालेको गोरु सहभागी गराउनुपर्नेछ। प्रतियोगितामा पहिलो हुने गोरुका धनीले नगद रु १५ हजार र दोस्रो हुनेले रु सात हजार पुरस्कार पाउनेछन्।

सोही अवसरमा क्लबले आमा समूहका लागि डोरी तान्ने प्रतियोगिता, पुरुषका लागि बाँसको लिंगोबाट भाले टिपाइ प्रतियोगिता र खुलातर्फ घैँटो फुटाइ प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।

प्रकाशित: ३० पुष २०७९ ८:५६ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast