विपिन जीवित नरहेकाे खबरपछि परराष्ट्र मन्त्रालयले भन्यो : अवस्था अझै अज्ञात छ

हिमाल प्रेस २७ असोज २०८२ १८:१०
34
SHARES
विपिन जीवित नरहेकाे खबरपछि परराष्ट्र मन्त्रालयले भन्यो : अवस्था अझै अज्ञात छ परराष्ट्र मन्त्रालय

काठमाडौँ- परराष्ट्र मन्त्रालयले इजरायलमा कार्यरत रहेका बेला हमास समूहको कब्जामा परेका नेपाली युवक विपिन जोशीको अवस्था अझै अज्ञात रहेको जानकारी गराएको छ। आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै रिहा हुने बन्दीहरुको सूचीमा विपिनको नाम समावेश नभएकाले अवस्था अझै अज्ञात रहेको बताएको हो।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जीवित नरहेको इजरायली अधिकारीले जानकारी गराएको भन्ने समाचार आएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अवस्थाबारे कुनै जानकारी नभएको जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान इजरायलको स्थानीय समय अनुसार ७:३० बजे इजरायली सेना आईडीएफले इजरायलका लागि नेपाली राजदूत, निज विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक आयोजना गरी आज रिहा हुने बन्दीहरूमा निज विपिन जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी प्राप्त भएको छ।’

राजदूत पण्डितले भने इजरायली अधिकारीले विपिनको परिवार र इजरायलका लागि नेपाली राजदूत पण्डितलाई उनी जीवित नरहेको स‌ंयुक्त रूपमा भिडियो कन्फ्रेन्समार्फत् जानकारी दिएको दाबी गरेका छन्।

प्रकाशित: २७ असोज २०८२ १८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast