सुन तस्करी आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

हिमाल प्रेस २६ असोज २०८२ १६:५४ | Sunday, October 12, 2025
सुन तस्करी आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा काठमाडौँबाट आइतबार पक्राउ परेका छन्। उनीमाथि विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीमा संलग्न रहेको आरोप लागेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आइतबार विज्ञप्ति जारी गरेर पूर्वसभामुख महरालाई पक्राउ गरिएको उल्लेख गरेको छ।

सुन तस्करी प्रकरणमा अनुसन्धान अघि बढाउँदै केही दिनअघि महरासँग बयान लिइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भेपको प्रयोग गरी सुन भित्र्याउने योजनामा संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलबीच निरन्तर संवाद भएको कल रेकर्डमा देखिएको बताइएको छ।

यसअघि पनि महरालाई अनुसन्धानको दायरामा ल्याइएपनि सत्ता र शक्तिको आडमा फाइललाई अघि बढाइएन भन्ने आरोप लागेको थियो।

प्रकाशित: २६ असोज २०८२ १६:५४ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast