काठमाडौँ- आईसीसी टी–२० विश्वकप एसिया एण्ड ईएपी छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ।
ओमानको अल अमारेत ग्राण्डमा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो। खेल जारी छ। यूएईविरुद्ध खेल्ने नेपालको टोलीमा यसअघिकै खेलाडी सहभागी छन्।
पहिलो रोजाइमा कुनै परिवर्तन गरिएको छैन। समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै यूएईविरुद्ध मैदान उत्रने छन्।
प्रकाशित: २६ असोज २०८२ १६:१९ | Sunday, October 12, 2025
प्रतिक्रिया





