एमआरआई मेसिन खरिदमा १२ करोड भ्रष्टाचारको आरोप, पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध मुद्दा

हिमाल प्रेस २३ असोज २०८२ १३:५२ | Thursday, October 9, 2025
एमआरआई मेसिन खरिदमा १२ करोड भ्रष्टाचारको आरोप, पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध मुद्दा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा पूर्वउपकुलपति डा.संगीता भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले दायर गरेको अभियोगपत्रअनुसार उक्त समूहले एमआरआई मेसिन खरिदमा १२ करोड रुपैयाँ बराबरको आर्थिक अनियमितता गरेको पाइएको छ। आयोगले उनीहरूविरुद्ध १२ करोड ७ लाख ६० हजार रुपैयाँ असुलउपरसहित कानुनी कारबाहीको माग गरेको छ।

डा.भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी हुन्। उनी हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गरिरहेकी छन्।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार अनुसन्धानले खरिद प्रक्रिया हेरफेर गरी आर्थिक लाभ लिने उद्देश्यले अनियमितता गरिएको ठहर गरेपछि मुद्दा दायर गरिएको हो।

प्रकाशित: २३ असोज २०८२ १३:५२ | Thursday, October 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast