
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयसँग सम्बन्धित राष्ट्रियस्तरको ओलम्पियाड प्रतिस्पर्धा सञ्चालन गर्ने संस्थाहरूलाई प्रदान गरिने अनुदानका लागि निवेदन बुझाउने म्याद थप गरेको छ।
मन्त्रालयले २०८२ भदौ २३ गते पहिलो पटक सूचना प्रकाशन गर्दै तोकिएको म्यादभित्र निवेदन दिन समस्या परेको जानकारी प्राप्त भएकाले उक्त म्याद २०८२ कात्तिक ११ गतेसम्मका लागि थप गरिएको जनाएको छ।
मन्त्रालयका अनुसार अनुदान पाउन इच्छुक ओलम्पियाड संस्थाहरूले आवश्यक कागजातसहित नयाँ तोकिएको म्यादभित्र मन्त्रालयमा निवेदन पेस गर्नुपर्नेछ।
मन्त्रालयले यसअघि प्रकाशित सूचनाअनुसार विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग वा गणित विषयसँग सम्बन्धित राष्ट्रियस्तरका ओलम्पियाड सञ्चालन गर्ने संस्था वा निकायले मात्र अनुदानका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको थियो।