
काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्तिका लागि फाराम भर्ने र भराउने म्याद थप गरेको छ। केन्द्रका अनुसार आगामी शैक्षिक सत्र २०८३ मा सार्वजनिक विद्यालयतर्फ कक्षा ६ र कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनका लागि फाराम भर्ने म्याद मिति २०८२ कात्तिक ३० गते (२०७९/०७/३०) सम्म कायम गरिएको हो।
केन्द्रले विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड, २०८० को दफा ७ को उपदफा (१) खण्ड (क) अनुसार, चालु शैक्षिक सत्र २०८२ मा कक्षा ५ र कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूबाट Proxy Mean Testing फाराम भर्नु आवश्यक रहेको जनाएको छ।
केन्द्रले सबै स्थानीय तह र विद्यालयहरूलाई तोकिएको म्यादभित्र फाराम संकलन गरी पठाउन आग्रह गरेको छ। साथै, PMT फाराम भर्ने र भराउने प्रक्रियासम्बन्धी विवरण समेटिएको केन्द्रको मिति २०८२ साउन ५ गतेको च.न. १५ नम्बरको पत्र समेत यसैसाथ संलग्न गरिएको छ।
शिक्षा विकास तथा समन्वय एकाइहरूलाई यस कार्यमा आवश्यक समन्वय र सहजीकरण गर्न पनि अनुरोध गरिएको छ।
पत्र