कोशी प्रदेश सरकारले हेलिकप्टर मार्फत इलामका विभिन्न ठाउँमा राहत पुर्‍याउँदै

हिमाल प्रेस २१ असोज २०८२ १४:५२
20
SHARES
कोशी प्रदेश सरकारले हेलिकप्टर मार्फत इलामका विभिन्न ठाउँमा राहत पुर्‍याउँदै

काठमाडौँ– कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी पहिरो पीडितहरुका लागि राहत सामग्री पुर्‍याएको छ। बिहान हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याएको हो।

मुख्यमन्त्री हिकम्मतकुमार कार्कीले राहतलाई तीव्र रुपमा वितरण गर्ने र मृतक परिवारलाई सहयोग गर्ने कामलाई प्रभावकारी रुपमा अगाडि बढाइएको जानकारी दिए।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पठाएको हो। मुख्यमन्त्री कार्कीले स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि तत्कालका लागि हेलिकोप्टरमार्फत पठाईएको जानकारी दिए।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार
प्रदेश सरकारले दैनिक उपभोग्य खाद्य सामग्रीहरु चामल, दाल, आलु तेल, नुन बेसार तथा ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपालहरु इलामका लागि पठाइएको छ।

प्रदेश सरकारले असोज १७ र १८ गते भएको अविरल बर्षापछि आएको बाढी पहिरोका कारण विस्थापित भएकाहरुको उद्धारको कार्य पछि राहत सामग्री पठाएको मन्त्रालयका सचिव आचार्यले बताए। इलामको माङ्सेबुङ र इलाम सदरमुकाममा हेलिकप्टरमार्फत सामग्री पुगेको र थप सामग्री पठाउने सरकारको तयारी रहेको उनले बताए।

बाढी पहिरोका कारण इलाममा बढी क्षति भएकाले इलामलाई प्राथमिकतामा राखेर राहत सामग्रीहरु पठाइएको प्रदेश सरकारले जानकारी दिएको छ।

बाढी पहिरोका कारण इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको थियो।

प्रकाशित: २१ असोज २०८२ १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast