सुत्केरीसहित दुई जनाको उद्धार

हिमाल प्रेस १९ असोज २०८२ १३:२४
14
SHARES
सुत्केरीसहित दुई जनाको उद्धार

काठमाडौँ– इलामको माङ्सेबुङ गाउँपालिका–१ पातीगाउँमा पहिरोमा परी गम्भीर घाइते भएका सुत्केरीसहित दुई जनाको नेपाली सेनाले उद्धार गरेको छ।

उनीहरुलाई सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

माङसेबुङ गाउँपालिका, इलाम नगरपालिका र मानेभञ्ज्याङ इलाकामा पहिरोबाट क्षति भएकाले २१ बाहिनी अड्डा र अन्तर्गतका इकाइबाट सुरक्षाकर्मी परिचालन गरिएको सेनाले जनाएको छ।

प्रकाशित: १९ असोज २०८२ १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast