सप्तकोशी नदीमा जलवहाव उच्च : कोशी ब्यारेजका ५० ढोका खोलिए

हिमाल प्रेस १९ असोज २०८२ ९:०६
18
SHARES
सप्तकोशी नदीमा जलवहाव उच्च :  कोशी ब्यारेजका ५० ढोका खोलिए फाइल तस्बिर/ स्रोत : कोशी ब्यारेज, कन्ट्रोल रुम।

सुनसरी– अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० गेट (ढोका) खोलिएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड दुई लाख ७१ हजार ३१० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएको जानकारी दिए। उनका अनुसार आइतबार बिहान ७ः०० बजे नदीको जलवहाव मापन गरिएको थियो।

शनिबार बेलुका ८ः०० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो। गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो।

यसपछि लगातार पानीको वहाव घटेको थियो। शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आइतबार बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिए।

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ। सोहीअनुसार अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।

प्रकाशित: १९ असोज २०८२ ९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast