पाल्पामा २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी चलाउन रोक

हिमाल प्रेस १८ असोज २०८२ १८:३०
22
SHARES
पाल्पामा २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी चलाउन रोक

बुटवल– पाल्पा जिल्लामा पनि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको शनिबार बसेको बैठकले असोज १८ गतेदेखि २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो।

वर्षासँगैको बाढीपहिरोबाट जोखिम बढेको भन्दै तीन दिन सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बनु बज्राचार्य कुँवरले जानकारी दिइन्।

समितिले सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउँ गाउँपालिका–३ सिद्धबाबा सडकखण्ड, बिसमाइल फुलस्थित सडकखण्ड, तिनाउँ गाउँपालिका–५ चरचरे र हिउँदे खोला क्षेत्र, पाल्पा–गुल्मी सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरो जानसक्ने जोखिम बढेकाले असोज १८, १९ र २० गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सवारी साधन चलाउन रोक लगाउने निर्णय भएको छ।

साथै असोज १८ गतेदेखि २० गतेसम्म लामो तथा छोटो दूरीका सवारी साधन नचलाउन यातायात व्यवसायीहरुलाई अनुरोध गर्ने र उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको प्रमुख जिल्ला अधिकारी कुवरले बताइन्।

प्रकाशित: १८ असोज २०८२ १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast