नदी किनारामा नबस्न सरकारको आग्रह

हिमाल प्रेस १८ असोज २०८२ १३:२९
10
SHARES
नदी किनारामा नबस्न सरकारको आग्रह मन्त्री कुलमान घिसिङ

काठमाडौँ- ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका छन्।

सिंहदरबारमा शनिबार मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री घिसिङले मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेकाले बिपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न निर्देशन दिइएको जानकारी दिए।

शनिबार रातिदेखि आइतबार बिहानसम्म उपत्यकालगायतका स्थानमा धेरै जोखिम रहेकाले उपत्यकाका नदी किनारका बस्तीमा नबस्न आग्रह गरिएको भन्दै उनले विपद् प्रतिकार्य टोलीलाई पनि सक्रिय बनाइएको बताए।

बाढीपहिरोका कारण भौतिक संरचनालाई धेरै क्षति हुन नदिने गरी व्यवस्थापन गरिएको उनले बताए। उनाले राजमार्गमा कुनै समस्या देखिए तत्काल समाधान गर्न निर्देशन दिइएको बताए। बढी डुबान हुने क्षेत्रमा पनि विपद् प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ।

मन्त्री घिसिङले नदीकिनारमा रहेका आयोजनाका सामग्रीलाई सुरक्षित स्थानमा सार्ने काम भएको बताए। विपद् व्यवस्थापनका लागि मन्त्री घिसिङले सडक, सिँचाइ र मौसम बिभागका प्रतिनिधिहरुसँग छलफल गरेका हुन्।

प्रकाशित: १८ असोज २०८२ १३:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast