शाहरुख खान : विश्वकै धनी अभिनेतामा सामेल, कति छ सम्पत्ति?

हिमाल प्रेस १६ असोज २०८२ १८:४४
28
SHARES
शाहरुख खान : विश्वकै धनी अभिनेतामा सामेल, कति छ सम्पत्ति?

काठमाडौँ- बलिउड सुपरस्टार शाहरुख खान पहिलोपटक ‘अरबपति क्लब’ मा प्रवेश गरेका छन्। यसका साथै उनी विश्वका सबैभन्दा धनी अभिनेतामध्ये एक बनेका छन्।

५९ वर्षीय खानको सम्पत्ति करिब १.४ अर्ब अमेरिकी डलर ( करिब १२, ४९० करोड भारु) रहेको अनुमान गरिएको छ। यो तथ्यांक हुरुन इन्डिया रिच लिस्ट २०२५ मा प्रकाशित भएको हो, जसले हरेक वर्ष भारतका सबैभन्दा बधनी व्यक्तिहरूको सूची जारी गर्छ।

यससँगै शाहरुख अर्नोल्ड श्वार्जनेगर, पपस्टार रिहाना, गोल्फर टाइगर बुड्स र गायिका टेलर स्विफ्टजस्ता विश्वका धनी ‘सेलिब्रेटी’ हरुको सूचीमा पुगेका छन्। फोब्र्स पत्रिकारले टेलर स्विफ्टको नेटवर्थ १.६ अर्ब अमेरिकी डलर आँकलन गरेको छ।

यस सूचीमा अभिनेत्री जुही चावला, अभिनेता ऋतिक रोशन, अमिताभ बच्चन र निर्देश करण जौहर पनि रहेका छन्।

तीन दशकदेखि बलिउडमा

प्रायः ‘किङ अफ रोमान्स’ भनेर चिनिने शाहरुख तीन दशकभन्दा बढी समय बलिउडमा बिताइसकेका छन्। उनले अभियनयमात्र होइन, ठूलो प्रोडक्सन कम्पनी (रेड चिलिज इन्टरटेनमेन्ट) र आईपीएल टिम (कोलकत्ता नाइटराइडर्स) का मालिकका रूपमा पनि आफूलाई स्थापित गरेका छन्।

हुरुन इन्डियाका संस्थापक र प्रमुख अनुसन्धानकर्ता अनस रहमान जुवैदका अनुसार शाहरुख अरबपतिको सूचीमा आउनुपछाडि यी दुई व्यवसायिक हिस्सेदारी प्रमुख कारण रहेका छन्।

उनका अन्य आम्दानी स्रोतमा फिल्म, विज्ञापन र विश्भर रहेका सम्पत्तिहरूमा गरिएको लगानी समावेश छ।

भारतको बदलिँदो अर्थतन्त्र

जुनैदका अनुसार शाहरुखको अरबपति क्लबमा प्रवेश भारतको अर्थतन्त्रको नयाँ स्वरुपलाई देखाउँछ। उनी भन्छन्,‘भारतको अर्थतन्त्र परिपक्व हुँदै जाँदा र वेल्थ क्रिएसनको अर्को चरणमा प्रवेश गर्दा खेल, मनोरञ्जन र बौद्धिक सम्पदा आधारित व्यवसाय नयाँ प्रमुख क्षेत्रका रुपमा उभिएका छन्।’

बलिउडका अन्य धनी सेलिब्रिटी

जुही चावला र परिवार : ८८० मिलियन डलर

ऋतिक रोशन : २६० मिलियन डलर

करण जौहर : २०० मिलियन डलर

अभिताभ बच्चन र परिवार : १८३ मिलियन डलर

हुरुन इन्डियाका अनुसार २०२५ मा भारतमा अरबपतिहरूको संख्या ३५० नाघेको छ। यस सूचीमा मुकेश अम्बानी र गौतम अदानी शीर्ष स्थानमा यथावत छन्। (बीबीसीको सहयोगमा)

प्रकाशित: १६ असोज २०८२ १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast