
काठमाडौँ– वर्षा हुने सम्भावना देखिएपछि बीपी राजमार्गमा आज असोज १६ देखि २० गतेसम्म रातिको समय अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
काभ्रे जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गरी असोज १६ गते बिहीबारदेखि २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे भञ्ज्याङ-भकुण्डेबेँसी-सिन्धुली सडकखण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारीसाधन आवागमन निषेध गरिएको जानकारी दिएको हो।
साथै रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारीसाधनहरू रोक्न सक्ने सूचनामा उल्लेख गरिएको छ।
प्रकाशित: १६ असोज २०८२ १५:२७
प्रतिक्रिया