
इटहरी– सुनसरीको कोशी गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
लौकहीबाट सप्तरीको कंकालिनी मन्दिरमा बोका लिएर पूजा गर्न जाँदै गरेको बा ३० प ३८७६ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेको गधालाई बचाउने क्रममा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार ७० वर्षीय करनबहादुर गुरुङको मृत्यु भएको हो।
मोटरसाइकल चालक सुनसरीको गढी गाउँपालिका–५ का ५५ वर्षीय झुमन गुरुङ घाइते भए पनि सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल चलाइरहेको बेला बाटोमा गधा देखिएपछि बचाउने क्रममा दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित: १६ असोज २०८२ ११:३४
प्रतिक्रिया