माटाको ढिस्कोमा पुरिएर चार जनाको मृत्यु

हिमाल प्रेस १५ असोज २०८२ ११:१४
14
SHARES
माटाको ढिस्कोमा पुरिएर चार जनाको मृत्यु

काठमाडौँ- माटोको ढिस्कोमा परिएर सर्लाहीमा चार जनाको ज्यान गएको छ। सर्लाहीको हरिपूर्वा नगरपालिका–१ हर्दी नदीमा माटोको ढिस्कोमा पुरिएर चार जनाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक प्रवक्ता प्रहरी निरीक्षक बलिस्टर सिंहले खुर्पाले माटो खन्ने क्रममा उनीहरू माटोको ढिस्कोमा पुरिएको जानकारी दिए।

घटनामा महोत्तरी सोनमा गाउँपालिका–६ मगरथाना बस्ने ६५ वर्षीया सायदा खातुन, सोही ठाउँकी ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुनको मृत्यु भएको सिंहले बताए।

ढिस्कोमा पुरिएर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पु¥याइएकोमा चिकित्सकले १० : ४५ बजे मृत घोषणा गरेको उनले जानकारी दिए। घटनास्थल महोत्तरी र सर्लाहीको सीमामा पर्दछ।

घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ असोज २०८२ ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast